खोटाङ । आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई प्रहरीले पक्राउ गरेको हो ।
आपसी विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, झापामा आफ्नै श्रीमती ३४ वर्षीया विटी हेमरन भन्ने पूजा हेमरनको हत्या गरेको अभियोगमा कन्काई नगरपालिका–२ सुकेडागी बस्ने ३५ वर्षीय कविराज हेमरनलाई प्रहरीले पक्राउ गरेको छ ।
कविराजले खुकरी प्रहार गर्दा पूजाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया