ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

आइतबार, २८ बैशाख २०८२

भरतपुर- इच्छाकामना गाउँपालिका- ५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी खुलेको छ ।

वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३-००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फी खुला गरेको र दुर्घटनामा मानवीय क्षति नभएको उनले बताए ।

दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार