काठमाडौं : गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोप लागेकामध्ये तीन जना अभियुक्त आज अदालतमा उपस्थित भएका छन्। फरार रहेका ती व्यक्तिहरूमध्ये एक जनालाई थुनामा पठाउने आदेश दिइएको छ भने दुईजनालाई धरौटीमा रिहा गरिएको हो।
अदालतमा उपस्थित भएकामध्ये अभियुक्त सतीश न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो।
यस्तै, बिनञ्जय थापा र राजेन्द्र जीसीलाई अदालतले जनही १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
चैत १५ गते तीनकुनेमा भएको झडप र हिंसात्मक गतिविधिका क्रममा सार्वजनिक सम्पत्ति र जनधनमा क्षति पुगेको थियो।
प्रतिक्रिया