कांग्रेस-एमाले आफ्नो बुद्धिले एक भएका होइनन्, दलाल, बिचौलियाहरुले मिलाइदिएः अध्यक्ष प्रचण्ड

आइतबार, २८ बैशाख २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएको बताएका छन् ।

माओवादी केन्द्र पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले माओवादीको नेतृत्वको सरकार ढाल्न दलालहरुले कांग्रेस एमालेलाई मिलाइदिएको बताएका हुन् ।

उनले भने, ‘मैले नजिकबाट हेरेको, बुझेको, थाहा पाएको छु । उहाँहरुलाई दलालहरुले आफ्नो घरमा बोलाएर खरिद गरे । विचौलियाहरुले आफ्नो घरमा बोलाएर खरिद गरे । दलालहरुले होटेलमा मिटिङ बसाएर उनीहरुलाई मिलाइदिए । कांग्रेस एमाले आफ्नो बुद्धिले मिलेको मलाई लाग्दैन । यो देशमा दलाल, बिचौलिया, ठगहरुले उहाँहरुलाई मिलाइदिएर माओवादी केन्द्रको नेतृत्वमा सरकार रहिराख्यो भने हाम्रो त भविश्य बर्बाद हुने भो यिनीहरुले त विकास निर्माण, सुशासन भनेर हामीलाई जेल पो हाल्ने भए भनेर उनीहरुकै इसारामा यो गठबन्धन बन्यो 

उनले माओवादीको नेतृत्वमा सकरात्मक काम भएको विचौलिया, नोकरशाह, दलालहरुलाई मन नपरेकाले उनीहरुले सरकार ढालेको बताए । ‘मेरो नेतृत्वको सरकारले देश र जनताका पक्षमा धेरै राम्रा काम थालनी गरेको थियो,भ्रष्टाचार र सुशासनका लागि नीतिगत पहल पनि भइरहेकै थियो, दलाल बिचौलिया र पुजिपतिलाई त्यो सैह्य भएन,स्वार्थ केन्द्रहरुले बनाएको यो सरकार जनहितमा काम गर्न नसकेर रुझेको बिरालो जस्तै भइसकेको छ, आफैं ढल्छ,हामीले ढालिरहनु पर्दैन,’ अध्यक्ष प्रचण्डले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार