इटहरीका मेयरलाई महासङ्घले बुझायो ज्ञापन पत्र

बुधबार, २५ असार २०८२

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सामाजिक सञ्जालमार्फत दिएका विवादास्पद अभिव्यक्तिप्रति नेपाल पत्रकार महासङ्घ सुनसरीले गम्भीर आपत्ति जनाउँदै औपचारिक ज्ञापन पत्र बुझाएको छ।

समाचार प्रकाशित हुनु अगाडि नै नगर प्रमुखको सचिवालयमा जानकारी हुने र दानापानी नआएपछि भोलिपल्ट लाज छोप्न समाचार प्रकाशन हुनेलाई जनताका पक्षमा काम गरिरहेका पत्रकारहरूलाई बदनाम गर्न खोजिएको घातक प्रयास भन्दै महासङ्घले खारेज गरेको छ।

महासङ्घ सुनसरीले बुझाएको ज्ञापन पत्रमा मेयर पौडेललाई लिखित रूपमा क्षमा याचनाको आग्रह गर्दै  विरोधका कार्यक्रम क्रमशः सशक्त बनाउँदै लैजाने चेतावनी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार