मन्त्रिपरिषद् बैठक सुरु, कांग्रेसका मन्त्री अनुपस्थित

सोमबार, २३ भदौ २०८२

काठमाडौं :जेनजी आन्दोलनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ६ बजे बोलाइएको बैठक करिब एक घण्टा ढिलाइपछि केहीबेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

तर, बैठकमा कांग्रेसबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे सहभागी भएका छैनन्।

ती मन्त्रीहरू अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको पार्टी पदाधिकारी बैठकमा सहभागी भइरहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार