काठमाडौं : जेनजी आन्दोलनपछि उत्पन्न भएको पछिल्लो परिस्थिति बारेमा प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रलाई सम्बोधन गर्ने भएका छन्।
आन्दोलनका क्रममा सोमबार र मंगलबार भएको घटनाक्रमपछि केहीबेरमै सिग्देलले सम्बोधन गर्न लागेका हुन्।
नेपाली सेनाका एक स्रोतका अनुसार, उनले हालको अवस्थाबारे जानकारी दिँदै शान्ति, स्थिरता र संवैधानिक व्यवस्थाको पक्षमा सेनाको धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।
प्रतिक्रिया