इलाम । इलाममा बस दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा धनुषाधाम नगरपालिका ९ धारापानी बस्ने १२ बर्षका अर्पण लामा रहेका छन ।
आइतबार साँझ मेची राजमार्ग स्थित इलाम रोङ गाउँपालिकाको अर्याल चोकमा बस भिरबाट तल खसेको थियो । दुर्घटनामा परि अन्य ३६ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी प्रमुख बासुदेव खतिवडाले जानकारी दिए । ्
उनका अनुसार धानुषाधाम नगरपालिका ९ धारापानी बस्ने २० वर्षका गणेश कुमारी मोक्तानको अनुहारमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । सोही ठाउँ बस्ने ११ वर्षकी समिक्षा मोक्तान, १२ वर्षका शेखर मोक्तान, १२ वर्षकै निर्जला मोक्तान, ३६ वर्षकी अन्जु लामा, २ वर्षकी स्नेहरी लामा, ९ बर्षकी रिजा लामा घाइते भएका छ्न । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
त्यस्तै अन्य घाइतेहरुमा ११ वर्षकी काजल नायक, १४ बर्षकी निकिसा मोक्तान, ११ वर्षकी रितु लामा, ४० वर्षकी सुनमाया लामा, २० वर्षकी कबिता घिसिङ, १३ वर्षका सौगात लामा, १४ वर्षकी बर्षा तामाङ, १५ वर्षका सिद्दार्थ तामाङ, १७ वर्षका स्वेच्छा लोप्चान, १२ वर्षकी बिबिसा मोक्तान, १५ वषकी रोजिना तामाङ, २८ वर्षकी कल्पना कुमारी लामा रहेका छन् ।
यस्तै ३१ वर्षकी शान्ता पाख्रिन, १८ बर्षिया सन्ध्या मोक्तान, ४० वर्षकी तुल्मा लामा, ३५ वर्षकी मनवति लामा, ३० वर्षकी ज्ञानु लामा, १८ वर्षकी प्रतिक्षा लामा, ४५ वर्षकी लाल कुमारी लामा ४० वर्षका बिर बहादुर मोक्तान समेत घाइते भएको प्रहरीले जनाएको छ । साथै १५ वर्षको करण मोक्तान, १६ वर्षकी कुसुम घिसिङ र ६० वर्षकि शान्ता माया तामाङ ,३५ वर्षका अनिल परियार, ३० वर्षकी रचना घिसिङ, ३५ वर्षका सञ्जिब तामाङ, १८ वर्षकी रेणु घिसिङ र १६ वर्षकी समिक्षा लामा समेत घाइते भएका छ्न ।
उनीहरुलाई उद्धार गरेर झापाका बिभिन्न अस्पतालमा पठाइएको जनाइएको छ ।
घाइतेहरुको टाउको तथा शरिरका बिभिन्न भागमा चोट लागेको बताइएको छ । उद्धार पश्चात् उनिहरुलाई उपचारका लागि झापाका बिभिन्न अस्पतालमा पठाइएको जनाइएको छ ।
Discussion about this post