धनकुटा । धनकुटाका पत्रकारहरूले देउसी खेलेर संकलन गरेको रकमले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।
धनकुटाको श्रीपञ्चमी पार्कस्थित बाल पुनःस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।
पत्रकार महासंघका कोषाध्यक्षसमेत रहेका प्रेस चौतारीका अध्यक्ष रविन कटेलसहितको टोलीले चार दिन देउसीभैलो खेलेका थिए । सोही रकमबाट पुनःस्थापना केन्द्रका १३ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको देउसीभैलो कार्यक्रमका समन्वयकर्ता रमेशचन्द्र अधिकारीले जानकारी दिए ।
उनीहरूलाई कपी, कलम, पेन्सिल, इरेजर, ड्रोइङ पेपर लगायत शैक्षिक सामग्री प्रदान गरिएको हो । पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता बराइली, पूर्व केन्द्रिय सदस्य गोपाल बराइली, महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राई, सचिव हरीबहादुर लम्जेल, सल्लाहकारहरू सन्तवीर लामा, भेषराज कटेल, सोविस चेम्जोङ, सन्तोष रुचाल, पत्रकारहरू मानवी तामाङ, जानु तामाङ, सन्तोष सुवेदी, कुमार बस्नेत, विपिन दाहाल लगायतले सामग्री हस्तान्तरण गरेका छन् ।
पुनःस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई पढाईमा केही सहयोग पुर्याउने उद्देश्यले देउसीभैलोको पैसाबाट सहयोग प्रदान गरिएको देउसी टोलीका समन्वयकर्ता सन्तवीर लामाले जानकारी दिए ।
Discussion about this post