वराहक्षेत्र । वराहक्षेत्र -१ स्थित प्रशिद्ब धार्मिक स्थल वराहक्षेत्र मन्दिरमा कात्तिके अर्थात् हरिबोधनी एकादशी मेला आजबाट सुरु हुदैछ। प्रत्येक वर्षको हरोबोधिनी एकादशीको दिनबाट सुरु भइ पुर्णिमाको सम्म मेला चल्नेछ ।
मेला भर्न तथा बराहक्षेत्रको दर्शन गर्नका लागि भारत लगायत विभिन्न मुलुकहरुबाट समेत भक्तजन आउने बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले बताए ।
मेलालाई व्यवस्थित बनाउनका लागि कोशी नदीमा घाटको व्यवस्थापन, विद्युत्, खानेपानी , स्वास्थ्य , सरसफाई , सुरक्षा , स्यमसेवक लगायत सम्पुर्णको तयारी उत्कृष्ठ ढंगबाट गरिएको नगरप्रमुख कार्कीले बताए ।
धर्तीको पहिलो तिर्थको रुपमा व्यख्या गर्ने गरिएको वराहक्षेत्र मन्दिरलाई संसारको चारधामको रूपमा समेत लिने भएकाले मेला कोशेधुन सावित हुने दावी आयोजकको छ । ५ दिने यस मेला अवधिमा पाँच लाख भक्तजनहरु आउने बताइएको छ ।
Discussion about this post