काठमाडौँ : भारतको पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपालले गहिरो चिन्ता व्यक्त गरेको छ। उक्त आक्रमणमा एक नेपाली नागरिकको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै नेपालले भारतसँग ऐक्यबद्धता जनाएको छ।
बिहीबार परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालले सबै प्रकारका आतंकवादी गतिविधिको स्पष्ट रूपमा भर्त्सना गर्दै क्षेत्रीय शान्तिका पक्षमा दृढ अडान दोहोर्याएको छ।
“नेपालले आतंकवादविरुद्धको लडाइँमा सबैको साथमा उभिने प्रतिबद्धता व्यक्त गरेको छ,” विज्ञप्तिमा उल्लेख छ, “नेपालको भूमिमा कुनै पनि देशविरुद्ध दुस्मन शक्ति क्रियाशील हुन नदिने हाम्रो स्पष्ट नीति हो।”
नेपालले भारत र पाकिस्तानबीचको बढ्दो तनाव चाँडै अन्त्य होस् भन्ने अपेक्षा व्यक्त गर्दै दीर्घकालीन शान्ति र स्थिरताका लागि आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।
प्रतिक्रिया