भक्तपुरबाट १६ जना जुवाडे पक्राउ

आइतबार, २८ बैशाख २०८२

काठमाडौँ : भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका-८ घर भएका ५० वर्षीय विष्णु कुमार श्रेष्ठको पसलमा जुवा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ४१ वर्षीय भीम प्रधान समेत ४ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ७ सय ६० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

 यसैगरी मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली मनहरा आँखा अस्पताल नजिकै चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने दोलखा घर भएका ४० वर्षीय धन बहादुर फुयाँलको मुस्ताङ खाजा घरमा जुवा तास खेलिरहेको अवस्थामा ललितपुर हरिसिद्धि बस्ने काभ्रे तेमाल घर भएका ३२ वर्षीय अमर तामाङ समेत ७ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

 जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय २५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका(१ दुवाकोट बेसी बस्ने दोलखा घर भएकी ५८ वर्षीया तुलसी वलीको खाजा घरमा जुवा तास खेलिरहेको अवस्थामा तुलसी समेत ५ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

 जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ६ सय ५० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

NEWS KARKHANA
लेखकको बारेमा
NEWS KARKHANA
NEWS AGENCY

समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार