करणी मुद्दाको सजाय भोग्दै आएका ३ बालक विराटनगरको सुधारगृहबाट फरार

मंगलबार, ३० बैशाख २०८२
साङ्केतिक तस्बिर

विराटनगर । बाल सुधार गृहमा बस्दै आएका ३ जना बालक फरार भएका छ्न् । विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो तीन जना बालबिज्याइँकर्ता फरार भएका हुन् ।

उनीहरु जवरजस्ती करणी जस्ता गम्भीर मुद्दामा सजाय भोगिरहेका थिए ।

फरार हुनेहरू उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका बालकहरू हुन् । बाल सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो, जसको तीन वर्ष उनी सुधार गृहमै बिताइसकेका थिए ।

बाँकी दुई बालक झापा र ताप्लेजुङका रहेका छन्, जो पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा राखिएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार