स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाई, कप्तान पौडेल गएनन्

विहीबार, ०१ जेठ २०८२

काठमाडौं : आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई भएको छ।

बुधबार साँझ काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, तथा केन्द्रिय सदस्य छुम्बी लामालगायतले टोलीलाई बिदाई गरेका हुन्।

टोली बुधबार साँझ ६ बजे बेलायततर्फ प्रस्थान गरेको हो। शृंखलाअघि नेपालले बेलायतको स्थानिय टोली तथा स्कटल्यान्डको ‘ए’ टोलीसँग अभ्यास खेलहरू खेल्ने कार्यक्रम छ।

तर बिदाई कार्यक्रममा मुख्य प्रशिक्षक स्टुवार्ट र कप्तान रोहितकुमार पौडेल भने सहभागी भएनन्। क्यानका सचिव पारस खड्काका अनुसार, प्रशिक्षक स्टुवार्ट व्यक्तिगत कारणले पहिले नै बेलायत गइसकेका छन् र त्यहीँ टोलीसँग जोडिनेछन्।

कप्तान पौडेल भने परीक्षामा व्यस्त भएकाले दुई दिनपछि मात्र बेलायत प्रस्थान गर्ने जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार