पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

शुक्रबार, ०२ जेठ २०८२

भक्तपुर : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत इञ्जिनियर सन्तोषकुमार यादवलाई पाँच लाख सत्तरी हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, इञ्जिनियर यादवलाई मध्यपुरथिमी नगरपालिका–१ स्थित लोकन्थलीबाट बिहीबार साँझ रंगेहात पक्राउ गरिएको हो।

उनी खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

हाल यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार