काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ।
काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका मिश्रलाई न्यायाधीश द्वय तीलककुमार श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले शुक्रबार हाजिरी जमानीमा छाड्न आदेश दिएको हो।
उनी ती प्रदर्शनहरूमा नेतृत्वकर्ता मध्ये एक मानिएका थिए। अदालतले मिश्रलाई नियमित रूपमा अदालतमा उपस्थित हुनुपर्ने शर्तमा रिहा गर्न निर्देशन दिएको छ। उक्त प्रदर्शनमा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया