रतुवामाईमा मोटरसाइकल दुर्घटना : आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

आइतबार, ०४ जेठ २०८२

विराटनगर : मोरङको रतुवामाईमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा आमा भवानी मेहताको ज्यान गएको छ भने दुर्घटनाका बेला सवारी चलाइरहेका उनका छोरा प्रहरी नियन्त्रणमा छन्।

रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहता छोरा रमेश मेहताको साथमा आमबारीबाट उर्लाबारीतर्फ जाँदै थिइन्। उनीहरू चढेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल साँझ करिब ६ः४० बजेको समयमा रतुवामाई–६ को त्रिवेणी चोक नजिकै दुर्घटनामा परेको हो।

इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर होमप्रसाद अधिकारीका अनुसार सडकमा एक्कासि कुकुर देखिएपछि जोगाउन खोज्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी भवानी मेहतालाई तत्काल उद्धार गरी उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। तर, साँझ ७ः१० बजे अस्पताल पुर्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनाका बेला मोटरसाइकल चलाइरहेका २३ वर्षीय रमेश मेहता सकुशल रहेका छन्। यद्यपि, घटनापछि उनलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ। हाल दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार