थाइल्यान्डसँग नेपाल ७९ रनले पराजित

मंगलबार, ०६ जेठ २०८२

काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल आयोजक थाइल्यान्डसँग ७९ रनले पराजित भएको छ ।

टेर्डथाइ क्रिकेट मैदानमा थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रनमै समेटिएको हो । नेपाल र थाइल्यान्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेको छन् ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार