काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज हेर्दाहेर्दैमा रहेको छ ।
लगातार छैठौँ पटक हेर्न नमिल्नेमा परेको रिट आज पेशीमा चढेर सुनुवाई भएको हो । हेर्दाहेर्दैमा रहेको रिटको सुनुवाई भोलि पनि हुनेछ ।
प्रत्यक्षीकरणको रिट न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ।
सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो। तर न्यायाधीश पाण्डेय र जोशीका वकिल अधिवक्ता पुष्पराज पाण्डेय आफन्त परेपछि हेर्न नमिल्नेमा राखिएको थियो।
प्रतिक्रिया