अमेजनका संस्थापक बेजोसको विवाह भव्य तयारीमा : एक पाहुनाका लागि ७५ लाख रुपैयाँ खर्च

सोमबार, १२ जेठ २०८२

काठमाडौँ : बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजन का संस्थापक तथा विश्वकै दोस्रो धनी व्यक्ति जेफ बेजोस र उनकी मंगेतर लरेन सान्चेज आउँदो महिना वैवाहिक बन्धनमा बाँधिन लागेका छन्।

उनीहरूको विवाह सन् २०२६ को जुन महिनामा इटालीको भेनिसमा सम्पन्न हुने बताइएको छ।

यो भव्य विवाह समारोहका लागि तयारी तीव्र रूपमा भइरहेको छ। रिपोर्टहरूका अनुसार बेजोस र सान्चेजको विवाहमा करिब २०० विशिष्ट पाहुनाहरूलाई मात्र निमन्त्रणा दिइनेछ।

विशेष कुरा त के भने—प्रत्येक पाहुनाका लागि औसत ७५ लाख रुपैयाँ खर्च गरिनेछ। यसरी हेर्दा यो विवाह सम्भवतः संसारकै सबैभन्दा महँगो विवाहमध्ये एक हुने देखिएको छ।

अतिथिहरूको सूचीसमेत तयार भइसकेको जनाइएको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प र उनका ज्वाइँ जेरेड कुशनर, चर्चित टेलिभिजन व्यक्तित्व किम कार्दशियन र कृश जेनर, गायक केटी पेरी र अभिनेता ओर्ल्यान्डो ब्लूम, मिडिया टाई कुन ओप्रा विन्फ्रे, माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्स र मोडल मिरान्डा केर लगायतका चर्चित हस्तीहरूलाई निम्तो दिइएको छ।

बेजोसको यो ‘शाही शैली’ को विवाहले विश्वव्यापी चर्चा बटुल्दै छ, जहाँ वैवाहिक समारोहभन्दा पाहुनामाथिको खर्चले समेत सबैको ध्यान तानेको छ।

प्रतिक्रिया

NEWS KARKHANA
लेखकको बारेमा
NEWS KARKHANA
NEWS AGENCY

समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार