गाजामा बालबालिकाको भोक, युद्ध र मृत्युसँग सङ्घर्ष

बुधबार, १४ जेठ २०८२

गाजा : गाजा क्षेत्रमा बालबालिकाहरूले अब युद्ध, मृत्यु र भोकको दृश्यहरूमा आश्चर्य मान्न छोडिसकेका छन्। १९ महिनादेखिको युद्ध र हाल इजरायलले चर्काएको सैन्य कारबाहीको कारण उनीहरूको बाल सुलभ जीवन पूरै हराएको छ।

खाना नपाएर कुपोषणको शिकार भएका बालबालिका थोरै राहतका लागि लाइन लाग्छन्, तर कहिलेकाहीँ त्यो पनि पाउँदैनन्। मृत्युलाई आँखै अगाडि देखिरहेका ती बालबालिकालाई अब केहीले पनि डर देखाउँदैन, केहीले पनि चकित पार्दैन।

गाजामा कुपोषण भयावह बन्दै गएको छ। डाक्टरहरूका अनुसार आमा स्वयं कुपोषणको शिकार भएकाले शिशुहरूलाई स्तनपान गराउन नसक्ने अवस्था छ। खानपिन र सफा पानीको चरम अभाव छ।

यता इजरायली सेनाको निकाय कोगाट ले गाजामा खाद्य सङ्कट नभएको दाबी गर्दै पिठो लगायतका राहत सामग्री पठाइएको बताउँछ। तर, उक्त दाबीलाई संयुक्त राष्ट्रसङ्घ, सहायता संस्थाहरू, ब्रिटेन लगायतका देशहरूले खारेज गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले इजरायलबाट गाजामा पठाइएको राहतलाई "एक चम्चा"को संज्ञा दिँदै प्यालेस्टीनी जनता युद्धको सबैभन्दा निर्दयी चरणबाट गुज्रिरहेको बताएका छन्। इन्धन, औषधि, आवास, सफा पानी र खाद्यान्नको अत्यधिक अभावले जनजीवन ध्वस्त पारेको छ।

राष्ट्रसङ्घका अनुसार गाजाको ८० प्रतिशत भूभाग या त इजरायली सैन्य नियन्त्रणमा छ वा त्यस्ता क्षेत्रमा मानिसहरूलाई जबरजस्ती अन्यत्र जान भनिएको छ। यस्तो कठोर अवस्थाबिच बालबालिकाको जीवन कष्टकर, भयावह र मानवीय संवेदना विहीन बन्दै गएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार