दक्षिण अफ्रिकामा ६ वर्षीया छोरी बेचेको आरोपमा आमालाई आजीवन कारावास

विहीबार, १५ जेठ २०८२

केप टाउन(दक्षिण अफ्रिका) : छ वर्षीया जोशलिन स्मिथको अपहरण र मानव बेचबिखनको आरोपमा उनको आमा र दुई सहयोगीलाई आजीवन कारावासको सजाय सुनाइएको छ।

साल्दान्हा खाडीस्थित घरबाट जोशलिन २०२४ को फेब्रुअरीमा रहस्यमय रूपमा हराएकी थिइन्। लामो समयको प्रचार, खोजी र अनुसन्धानपछि पनि उनको पत्तो लाग्न नसकेको अवस्थामा, न्यायालयले बालिकाकी आमा राकेल केली स्मिथ, उनकी प्रेमी ज्याकलिन अपोलिस र साथी स्टीभेना भ्यान रिनलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो।

आठ हप्तासम्म चलेको सुनुवाइमा अभियोजन पक्षले तीमध्येका तीनै जनामाथि गम्भीर र चकित पार्ने प्रमाणहरू पेश गरेका थिए। न्यायाधीश नाथन इरास्मसले सजाय सुनाउने क्रममा तीनै जनालाई समान दोषी ठहर गर्दै ‘कुनै भेदभाव नगरिएको’ स्पष्ट पारे।

यस घटनाले दक्षिण अफ्रिकामा बालबालिकाको सुरक्षाको सवालमा गम्भीर बहस चर्काएको छ। न्याय पाएका भनिए पनि जोशलिन अझै बेपत्ता छन् र उनको अवस्था रहस्यकै गर्भमा छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार