बाढीले बगाएको कोशी लोकमार्गमा एकतर्फी यातायात सञ्चालनमा

शनिबार, १७ जेठ २०८२

धनकुटा : लेउती खोलामा आएको बाढीले क्षति पुर्‍याएको कोशी लोकमार्गको फेदी खण्डमा मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ। शनिबार बिहान आएको बाढीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी क्षेत्रमा करिब १०० मिटर सडक बगाएको थियो।

घटनापछि दिनभर सडक मर्मत गरिएको र साँझबाट एकतर्फी रुपमा सवारी आवागमन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिएका छन्।

सडक कटान भएको क्षेत्रको अवस्था अवलोकन गर्न कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले शनिबार स्थलगत निरीक्षण गरेका छन्। उनले प्रदेश सरकारको तर्फबाट बाढीपीडित क्षेत्रको अनुगमन गरेका हुन्।

यातायात आंशिक रुपमा खुले पनि सडक पूर्ण मर्मत नभइसकेको हुँदा सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले सवारी चालकहरूलाई आग्रह गरेको छ।

May be an image of text

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार