काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमका अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँले बढाइएको छ भने डिजल र मट्टीतेलमा १ रुपैयाँको वृद्धि गरिएको छ। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
यसपटक हवाई इन्धनको मूल्य भने घटाइएको छ। आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ। अन्तर्राष्ट्रिय उडानका लागि भने प्रति किलो लिटर २२ अमेरिकी डलरले मूल्य घटाइएको निगमले जनाएको छ।
निगमले मूल्य समायोजन अन्तर्राष्ट्रिय बजार मूल्य, ढुवानी खर्च तथा अन्य लागत मूल्यको आधारमा गरिएको जनाएको छ।
प्रतिक्रिया