इण्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा १८ वर्षपछि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलोपटक उपाधि जित्न सफल भएको छ। मंगलबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा बेंगलुरुले पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्दै उपाधि उचालेको हो।
पहिले ब्याटिङ गर्दै बेंगलुरुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो।
१९१ रनको लक्ष्य पछ्याउन ओर्लिएको पञ्जाब किङ्सले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो।
जितसँगै रोयल च्यालेन्जर्स बेंगलुरुले लामो समयको पर्खाइ अन्त्य गर्दै पहिलो पटक आईपीएलको उपाधि आफ्नो नाममा दर्ता गराएको छ।
प्रतिक्रिया