काठमाडौं– क्यानडाको टोरन्टोमा अगस्ट ९ र १० मा हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता एनसीसी कप २०२५ मा युकेको नेपाली क्रिकेट क्लब म्याक्स सीसीले पहिलोपटक सहभागिता जनाउने भएको छ।
यूकेमा रहेका चर्चित नेपाली खेलाडी म्याननी गुरुङको नेतृत्वमा टोलीले डिक्सी–४०७ क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता नेपालीज क्यानाडियन क्रिकेट क्लब (एनसीसीसी) को आयोजनामा हुनेछ।
अमेरिका, क्यानडा र यूकेबाट आएका ८ नेपाली टिम सहभागी हुने प्रतियोगिता टी–२० ढाँचामा दुई मैदानमा खेलाइनेछ। विजेताले ५,००० क्यानाडियन डलर, उपविजेताले २,५०० क्यानाडियन डलर प्राप्त गर्नेछ।
गुरुङले यो सहभागिता नेपाली क्रिकेटका लागि अन्तर्राष्ट्रिय स्तरमा गौरवको क्षण भएको बताएका छन्। आयोजकले म्याक्स सीसीको सहभागितालाई नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्वपूर्ण पाइला मानेको छ।
प्रतिक्रिया