खोटाङमा दुर्घटनाः २ जनाको मृत्यु, १९ जना घाईते

सोमबार, १९ साउन २०८२

खोटाङ : खोटाङको हलेसीबाट तीर्थयात्री बोकेर फर्किँदै गरेको गाडी सोमबार बिहान दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठका अनुसार दुर्घटनामा १७ जना घाइते भएका थिए । घाइतेमध्ये १ जनाको मृत्यु भएको उनले बताए । अन्य १६ जना घाइतेको घुर्मी सामुदायिक अस्पतालमा उपचार भइरहेको जानकारी श्रेष्ठले दिए ।

यसैबिच खोटाङकै केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ । खार्ताम्छा–चोखाने सडक खण्डमा बा ४१ प ८८१७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर आइतबार साँझ ५ बजेतिर दुर्घटनामा परेको हो । मोटरसाइकल सडकबाट करिब ५ मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ११ वर्षीया एर्मिला राईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक २६ वर्षीय जसकुमार राई, ११ वर्षीया समीक्षा राई र १० वर्षीया झरना राई घाइते भएका छन् ।

यो पनि :

खोटाङ दुर्घटना अपडेट : १७ घाइतेमध्ये १ जनाको मृत्यु , ३ को अवस्था गम्भीर

तिर्थालु लिएर हलेसीबाट फर्किँदै गरेको गाडी भीरबाट खस्यो

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार