महासचिव पोखरेलले बताए एमाले नेता कार्यकर्ताको झोलामा के छ ?

बुधबार, २१ जेठ २०८२

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले नेता कार्यकर्ताको झोलामा के छ भन्ने प्रश्नको जवाफ दिएका छन् ।हाल एमालेले 'म झोले हो' भन्ने सामाजिक सञ्जाल अभियान चलाइरहेका बेला महासचिव पोखरेलले यसै प्रसङ्गमा सात बुँदे जवाफ दिएका हुन् ।

उनले भनेका छन्- नेकपा एमालेको नेता र कार्यकर्ताको झोलामा के छ ? भन्नेहरूका लागि:

१ मार्क्सवादी दर्शन: द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद ।

२ मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त ।

३ जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको नवीन मान्यता ।

४ असंलग्नता र पञ्चशीलको सिद्धान्तमा आधारित नेपालको हित केन्द्रित सन्तुलित परराष्ट्र नीति ।

५ जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रीकरणको नयाँ मान्यता ।

६ जनतासँगको घनिष्ठ सम्बन्धमा आधारित जीवनशैली र आचरणको गौरवपूर्ण परम्परा ।

७ प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र ।

महासचिव पोखरेलले 'समृद्ध नेपाल सुखी नेपाली' को राष्ट्रिय आकाङ्क्षा पुरागर्नका लागि एमालेको गौरवपूर्ण झोलालाई गौरवका साथ बोक्न आग्रह गर्दै एमालेका विरुद्धमा प्रतिकृयावादी, प्रतिगामी, अराजकतावादी र कम्युनिष्ट विरोधीहरूले सिर्जना गरेका सबै प्रकारका भ्रमहरूबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा लाग्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार