प्रतिनिधिसभाको बैठक भोलिका लागि सर्‍यो

बुधबार, २१ जेठ २०८२

काठमाडौँ । प्रतिनिधिसभाको बैठक भोली अपराह्न १ बजेसम्मका लागि सरेको छ ।

आज संसद्को अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले पहल गरे पनि विपक्षी दलहरूले आफ्नो अडान नछोडेपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हो ।बैठकमा विपक्षी दलहरूले आफ्नो अडान नछोडेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न आयोग बनाउनुपर्ने मागमा आफ्नो अडान छोडेका छैनन् ।आज अपराह्न १ बजेदेखि बैठक बस्ने भनिएको भए पनि विपक्षी दलहरूले आफ्नो अडान नछोडेपछि बैठक भोलिका लागि सरेको हो ।

यसअघि गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई जोडदार रूपमा उठाउँदै आएका विपक्षी दलहरूले मङ्गलवारदेखि भिजिट भिसा प्रकरणको छानबिनमा जोड दिएका छन् । सत्ता पक्ष भने अहिलेसम्म छानबिन समिति वा आयोग गठन गर्न तयार देखिएको छैन ।

सत्तापक्षले अख्तियारले छानबिन गरिरहेकाले अहिले कुनै अन्य छानबिन समितिको आवश्यकता नरहेको बताउँदै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार