बानियाँको नेतृत्वमा बागमती प्रदेशको मुख्यमन्त्री पदको दाबी पेस

सोमबार, १९ साउन २०८२

हेटौँडा । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । मङ्गलवार प्रदेश प्रमुख कार्यालयमा नेकपा एमाले र नेपाली काँग्रेसको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

दाबी पेस गर्न संसदीय दलका नेता बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलिया लगायतको उपस्थिति थियो ।

१ सय १० प्रदेश सभा सदस्य रहेको बागमतीमा मुख्यमन्त्रीका लागि बहुमत जुटाउन ५६ मत आवश्यक पर्छ । जुन काँग्रेसका ३७ र एमालेका २७ सांसद भएपछि सहज रूपमा पुगेको छ ।

बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १८ गतेबाट लागु हुनेगरि पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले साउन २० गते दिउँसो २ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार