काठमाडौँ : नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई दिइएको छ।
प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत घिमिरेलाई जनसरोकारका कार्यहरू यथार्थ र तथ्यमा आधारित रूपमा सञ्चारमाध्यममार्फत सम्प्रेषण गर्न प्रवक्ताको जिम्मेवारी दिइएको नेपाल प्रहरी सचिवालयले जनाएको छ।
नयाँ प्रवक्ताका रूपमा घिमिरेले प्रहरी सङ्गठनको नीति, गतिविधि र सूचना सार्वजनिक गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
प्रतिक्रिया