कक्षा १२ को नतिजा सार्वजनिक, ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड : अपडेट

सोमबार, १९ साउन २०८२

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डको बैठक बसेपछि औपचारिक रूपमा नतिजा सार्वजनिक गरिएको हो।

प्रकाशित नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा तालिका अनुसार गत ११ वैशाखदेखि परीक्षा सुरु हुने तय भए पनि शिक्षक आन्दोलनका कारण १० दिनपछि, अर्थात् २१ वैशाखदेखि मात्रै परीक्षा सुरु भएको थियो। आन्दोलनले २९ दिनसम्म शिक्षण संस्था प्रभावित पारेपछि मूल्याङ्कन र नतिजा प्रकाशन प्रक्रियामा पनि ढिलाइ भएको बोर्डले जनाएको छ।

यो वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी भएका थिए।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार