इलाममा रुख ढाल्ने क्रममा एक युवाको मृत्यु

विहीबार, २२ जेठ २०८२

इलाम : इलामको सूर्योदय नगरपालिका–७ स्थित सिंगाममा रुख ढाल्ने क्रममा एक युवाको ज्यान गएको छ।

ढल्दै गरेको रुखको हाँगाले लाग्दा सूर्योदय नगरपालिका–८ निवासी २६ वर्षीय निरोज लाप्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

घटना हिजो ९बुधवार० भएको हो। गोलिया तयार गर्नका लागि रुख काट्ने क्रममा लाप्चालाई रुखको हाँगाले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव इलाका प्रहरी कार्यालय पशुपतिनगर लगिएको र पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने तयारी भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार