काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले बोलबमलगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार गम्भीर रहेको बताए ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा बोलबमकाँवरिया सङ्घको आयोजनामा २९औँ श्रावणी मेला तथा बोलबमकाँवर यात्रा मेलाको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले बोलबमले सांस्कृतिक एकता र धार्मिक आस्थालाई झल्काउने बताएका हुन् ।
उनले भने, “बोलबम संस्कृति समाजलाई एकताबद्ध गर्ने, धार्मिक र सांस्कृतिक चेतनालाई मजबुत बनाउने माध्यम हो ।”
धार्मिक, सांस्कृतिक र सामाजिक चेतनाको प्रवाह गराउने यस्ता आयोजनाहरूले हाम्रो पहिचानलाई अझ सुदृढ बनाउने मन्त्री यादवले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया