फेवा तालको सीमामा गाडियो ८७ सीमा स्तम्भ

शनिबार, २४ जेठ २०८२

पोखरा । सर्वोच्च अदालतको आदेशअनुसार फेवाताल सिमाङ्कनको कार्य जारी रहेको छ । तालको सीमा क्षेत्रमा हालसम्म ८७ वटा सीमा स्तम्भहरू गाडिएका छन् ।

शुक्रवार नेपाल पर्यटन बोर्डको कार्यालय र ड्यामसाइड पार्क परिसरमा परिसरमा सीमा स्तम्भहरू गाडिएको महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाले बताए । पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घ सरकारको संयुक्त पहलमा १८ महिना लामो अध्ययन पश्चात् ताल घरमा सीमा स्तम्भ गाड्न थालिएको हो । सीमा स्तम्भ गाड्ने कार्यको नेतृत्व पोखरा महानगरपालिकाले गरिरहेको छ ।

फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिको निर्णायनुसार तालको ताल घरमा सीमा स्तम्भहरू गाड्न सुरु गरिएको हो । तालको चार किल्ला क्षेत्रमा १ हजार ५५ वटा सीमा स्तम्भहरू गाडिने छन् । त्यसपछिको चरणमा ताल क्षेत्रमा पर्ने जग्गाको अवस्थाका बारेमा थप अध्ययन गरिने र मुआब्जा दिनु पर्ने वा नपर्ने भन्ने विषयको यकिन गरिने नगर प्रमुख धनराज आचार्यले बताए ।

यसरी चरणबद्ध रूपमा ६५ मिटरको क्षेत्र खाली गर्ने कामहरू हुने उनले बताए ।  पछिल्लो अध्ययन अनुसार तालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर (१२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम) कायम भएको छ । सम्मानित सर्वोच्च अदालतले तोकेको ६५ मिटर समेतको कुल क्षेत्रफल ७.६१६ वर्ग किलोमिटर (१४ हजार ९७० रोपनी ५ आना २ दाम) हुन आउँछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार