एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्ला कम्पनीका मालिक तथा अर्बपति एलोन मस्कसँगको सम्बन्ध बिग्रिएपछि करिब तीन महिनाअघि किनेको रातो रङको टेस्ला कार बेच्न खोजेका छन्।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब तीन महिनाअघि मस्कको कम्पनी टेस्लाबाट एउटा कार किनेको बताएका थिए।
ह्वाइट हाउसको ल्यानमा पार्क गरिएको एउटा रातो टेस्ला कार मिडियाको अगाडि देखाउँदै आफूले किनेको बताएका थिए।
हालै सीबीएसले आफ्नो एक रिपोर्टमा ट्रम्प अब त्यो टेस्ला कार बेच्ने सोचमा रहेको उल्लेख गरेको छ। यो रिपोर्ट सार्वजनिक हुनुअघि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कबीच चर्को वाकयुद्ध चलेको थियो।
ट्रम्पले एक कार्यक्रममा मस्कप्रति असन्तुष्टि व्यक्त गर्दै मस्कले आफ्नो विधेयककको विरोध गरिरहेको बताएका थिए। विधेयकले टेस्लाजस्ता विद्युतीय सवारी साधनमा दिइने कर छुट हटाउने प्रस्ताव गरेकोमा मस्कले विरोध गरेको ट्रम्पको भनाइ थियो।
यस विवादकै क्रममा ट्रम्पले संघीय सरकारसँग मस्कका ठूला स्तरका व्यापारिक सम्झौताहरू रद्द गर्ने धम्की दिएका थिए। ट्रम्पको यो धम्कीपछि मस्कले ट्रम्पविरुद्ध महाभियोगको माग गरेका थिए।
मस्कसँगको यही तिक्ततापूर्ण सम्बन्धका कारण ट्रम्पले आफ्नो टेस्ला कार बेच्न लागेको हुनसक्ने अनुमान रिपोर्टमा गरिएको छ।
प्रतिक्रिया