लायन्स डेमा मायाघरका १४८ जनालाई भोजन, मुख्य चोकमा दिप प्रज्वलन

शनिबार, २४ साउन २०८२

काठमाडौं : ५५औँ नेपाल लायन्स डेको अवसरमा मायाघरमा रहेका १४८ जनालाई लायन्स लिडरहरूको उपस्थितिमा विशेष भोजन गराइएको छ। कार्यक्रममा लायन्स क्लबका अध्यक्ष सुरेश धमला, सिनेट रिजाल, पवन अधिकारी, शंकर प्रसाद ढकाल, किरण अधिकारी, दिवश गौतम र सन्दिप गौतमको सक्रिय भूमिका रहेको आयोजकले जनाएको छ।

सोही अवसरमा रेउकाई चौतारी नजिकको मुख्य चोकमा एरिया–४ ले आयोजना गरेको दिप प्रज्वलन कार्यक्रम सम्पन्न भयो।

एरिया–४ अन्तर्गतका सबै क्लबहरूको सहभागितामा भएको यस कार्यक्रममार्फत ५५औँ नेपाल लायन्स डे उत्साहपूर्वक मनाइएको लायन्स क्लबले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार