इलामको देउमाईमा २६१ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण,अशक्तलाई घरमै सेवा

बुधबार, २८ जेठ २०८२

इलाम : देउमाई नगरपालिकाको वडा नं। ६ शान्तिडाँडास्थित स्वास्थ्य चौकी र स्थानीय जनप्रतिनिधिको पहलमा चारदिने ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सम्पन्न भएको छ।

स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको सक्रियतामा गरिएको परीक्षणमा २६१ जना वृद्ध वृद्धाको सुगर, प्रेसर, पिसाब लगायतका समस्या परीक्षण गरिएको वडाध्यक्ष सुरेन्द्रकुमार बस्नेतले जानकारी दिए।

अशक्त र घरबाट बाहिर जान नसक्ने ज्येष्ठ नागरिकको घरमै पुगेर सेवा दिइएको थियो। वडाभित्रकै सबैभन्दा जेठी ९८ वर्षीया लक्ष्मी बस्नेतको समेत घरमै पुगेर परीक्षण गरिएको थियो।

कार्यक्रमका क्रममा औषधि तथा भिटामिन वितरणसँगै वृद्ध वृद्धाको स्वास्थ्य अवस्थाबारे अध्ययनसमेत गरिएको थियो।

वडाका विभिन्न टोलमा पुगेर गरिएको उक्त अभियान ज्येष्ठ नागरिकप्रतिको सम्मान र जिम्मेवारीको एक उदाहरण भएको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार