सोलुखुम्बुको गार्मा वडालाई बालमैत्री घोषणा, जिल्लामै पहिलो सफल वडा

शुक्रबार, ३० जेठ २०८२

सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिका–७ गार्मा वडा सोलुखुम्बु जिल्लाको पहिलो बालमैत्री वडा बनेको छ। बालमैत्री स्थानीय शासनका ५१ सूचकहरूमध्ये ५० सूचक (९८५ भन्दा बढी) पूरा गरेपछि बिहीबार आयोजित एक विशेष समारोहमार्फत वडालाई 'बालमैत्री शासनयुक्त वडाू'घोषणा गरिएको हो।

बालमैत्री स्थानीय शासन अवधारणा २०६८ सालदेखि कार्यान्वयनमा आएको हो। यस वडामा गरिएको सर्वेक्षणअनुसार ५१३ घरधुरीका २,४६६ नागरिक बालमैत्री सोच, व्यवहार र अभ्यासमा सक्रिय सहभागी रहेका छन्।

घोषणासभामा जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाले गार्मा वडाको प्रयासलाई उदाहरणीय भन्दै भने, “बालमैत्री सोच राख्ने समाज नै समृद्ध राष्ट्र निर्माणको जग हो।” उनले बालबालिकालाई केन्द्रमा राखेर योजनाबाट कार्यान्वयनसम्म पुर्‍याइएको प्रयासको प्रशंसा गरे।

नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले विद्यालय, अभिभावक, समुदाय, युवा क्लब र वडास्तरीय निकायको संयुक्त प्रयासले यस्तो सफल उपलब्धि सम्भव भएको बताए।

उनले बालबालिकालाई निर्णय प्रक्रियामा समावेश गर्दै स्थानीय योजना निर्माण र प्राथमिकताको निर्धारणमा सशक्त भूमिका निभाइएको जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार