कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

मंगलबार, ०३ असार २०८२

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

बुधबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै निरन्तर संसदमा विरोध जनाइरहेको रास्वपाले आज त निलो रिबन नै लगाएको थियो । ‘निलो रिबन’लाई मानव तस्करीविरुद्धको अभियानको विश्वव्यापी प्रतीक मानिन्छ । यसमा कांग्रेसले नियमापत्ति पनि बैठक नै स्थगित गरिएको थियो ।

भोलिको आकस्मिक बैठकमा यसै प्रकरणलगायत अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

 

 

 

 
 
 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार