धरान मेयर र उपमेयरबीचको विवाद चुलिँदै, नगर परिसर तनावग्रस्त (तस्बिरहरू)

मंगलबार, ०३ असार २०८२

धरान । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीचको विवाद चुलिँदै गएपछि नगर परिसर तनावग्रस्त बनेको छ। 

‘श्रमदान’ कार्यक्रमका नाममा नगरपालिकाका साधन स्रोतहरूको प्रयोग र त्यससँग जोडिएको भुक्तानी प्रकरणलाई लिएर सुरु भएको विवादले अहिले उग्ररुप लिएको छ ।

विवाद सोमबारबाट सुरु भए पनि मंगलबार थप उग्र बनेको हो। सोमबार मेयर समर्थकहरूले उपमेयर बेघालाई हातपात गर्ने प्रयास गरेका थिए भने मंगलबार बिहान उनीहरूको अर्को समूहले उपमेयरको कार्यकक्षमा धावा बोल्दै डोजर, स्काभेटर र टिपरको चाबी माग गरेको थियो।  त्यसक्रममा उनीहरूले चर्को नाराबाजी पनि गरेका थिए। स्थिति झनै बिग्रिन नदिन सुरक्षाकर्मीहरू हस्तक्षेपमा उत्रिनु परेको थियो।

Untitled design (9)_11zon

सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय धरानका टोलीले दुई पक्षबीच झडप हुन नदिन प्रयास गरेका छन् । यसबीच, उपमेयर बेघाका पक्षमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू पनि सक्रिय बनेपछि तनाव झनै चुलिएको थियो।

विवादको मूल कारण ‘श्रमदान’को नाममा नगरपालिकाका भारी उपकरणहरूको प्रयोग र त्यसको भुक्तानी माग हो। श्रमदान स्वयंसेवामा आधारित कार्यक्रम भए पनि पछि ती कामहरूका लागि भुक्तानी मागिन थालेपछि नै उपमेयरले प्रश्न उठाएका हुन्।

उपमेयर बेघाले मंगलबार बिहान धरान–१० नारायणपथमा स्काभेटर प्रयोगका लागि चाबी माग्दै आएका मेयर समर्थकहरूले आफूले चाबी नदिएपछि आक्रोशित बनेको दाबी गरे। “नगर स्रोतको दुरुपयोग रोक्न म बाध्य भएर चाबी नियन्त्रणमा लिएको हुँ,” उपमेयर बेघाले भने, “नियमबिनाको प्रयोग भइरहेको देखेर मैले हस्तक्षेप गरेँ।”

तर, मेयर पक्षधरहरूले भने श्रमदान कार्यक्रममार्फत नै काम भइरहेको बताउँदै उपमेयरले अनावश्यक अवरोध सिर्जना गरिरहेको आरोप लगाएका छन्।

दुवै पक्ष आआफ्नो अडानमा कायम रहेकाले नगरपालिकाको नियमित प्रशासनिक काम प्रभावित भएको छ। विवाद समाधान नहुँदा नगरको समग्र वातावरण तनावग्रस्त बन्दै गएको छ।


 

 

यो पनि-धरान श्रमदान विवाद ः चन्दा सङ्कलनदेखि डोजर र टिपरको चाबी खोसा-खोससम्म
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार