गैरसरकारी संस्था महासंघ इलामको कार्यालय उद्घाटन

शनिबार, ०७ असार २०८२

इलाम : गैर सरकारी महासंघ इलामको कार्यालय भवनको एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । कार्यालयको कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले उद्घाटन गरेका हन । 

मानव अधिकार एलायन्सको केन्द्रीय प्रतिनिधि गायत्री थेगिम, जिल्ला अध्यक्ष सारदा उप्रेती पराजुली, भुमी समस्या समाधान आयोग जिल्ला इलामका अध्यक्ष प्रकाश अधिकारी, केचना कन्चजङघाका कार्यकारी निर्देशक केशव द्यौराली, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा सो कार्यालयको उद्घाटन गरिएको थियो । 

एलायन्स अध्यक्ष शारदा उप्रेती पराजुलीले गैर सरकारी संस्था महासंघलाई अपनत्व ग्रहण गरी यो कार्यालय प्रदान गरकोमा धन्यवाद व्यक्त गरिन् । उनले आगामी दिनमा आफूहरूलाई काम गर्न थप सहज हुने बताइन् । भुमी समस्या समाधान आयोग जिल्ला इलामका अध्यक्ष प्रकाश अधिकारीले यसले आफूले पनि लामो समय गैसस काम गरेकोले यसले गर्ने गतिविधिहरूमा राम्रो जानकारी भएको भन्दै खुसी व्यक्त गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार