जागिरको प्रलोभनमा पुगेर बन्धक बनाइएका नेपालीको उत्तराखण्डबाट उद्धार

शनिबार, ०७ असार २०८२

इटहरी(डेक्स) : आकर्षक जागिरको प्रलोभनमा भारतको विभिन्न जिल्लामा पुगेका नेपाली युवाहरूलाई उत्तराखण्डको काशीपुरमा बन्धक बनाइएको गुनासोपछि ३५ जना नेपालीको सफलतापूर्वक उद्धार गरिएको छ। नेपाली राजदूतावास, नयाँ दिल्लीले आज सार्वजनिक गरेको सूचनामा सो जानकारी दिइएको हो।

दूतावासका अनुसार उक्त सूचना परराष्ट्र मन्त्रालयमार्फत प्राप्त भएपछि नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी तथा सामाजिक संस्था किन इण्डिया को सहयोगमा उद्धार कार्य अघि बढाएको थियो । 

सूचनामा उल्लेख भएअनुसार केही व्यक्तिहरूले उत्तराखण्ड प्रहरीले पठाएको घटनाको थप अनुसन्धान गरिरहेको छ। अन्य नेपाली युवाहरूको खोजी कार्य पनि जारी रहेको र घटनासँग सम्बन्धित व्यक्तिहरूलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काइने उल्लेख गरिएको छ।

नेपाली राजदूतावासले घटनामा संलग्न ठगी धन्दा र मानव तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान गरी कडा कारबाही हुनुपर्नेमा जोड दिएको छ। साथै, नेपाली युवाहरूमाथि भइरहेका यस्ता घटनाबाट सचेत रहन अपिल पनि गरिएको छ।

May be an image of text

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार