काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष नवराज बोहोराले कर्णालीको समग्र विकास, वातावरण संरक्षण र सुशासन स्थापनाको अभियानबारे जानकारी गराएका छन् ।
बोहोरा सुर्खेतदेखि काठमाडौँसम्म करिब एक महिनाको लामो पैदल यात्रा गर्दै आइपुगेका हुन् ।
उनले कर्णाली क्षेत्रको पछाडि पारिएको अवस्था, विकासमा भइरहेको ढिलाइ, वातावरणीय समस्याहरू, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै जनचेतनाको अभियान चलाइरहेका छन् ।
अध्यक्ष प्रचण्डले बोहोराको प्रयासलाई सकारात्मक रूपमा स्वागत गर्दै उक्त अभियान माओवादी केन्द्रको मूल विचार र उद्देश्यसँग मेल खाने बताए । उनले आफू सरकारमा रहँदा कर्णालीको समृद्धिका लागि विभिन्न पहलहरू गरिएको स्मरण गराउँदै त्यसैको निरन्तरता स्वरूप बोहोराको अभियानले थप ऊर्जा दिने विश्वास व्यक्त गरे ।
प्रचण्डले बोहोरालाई अभियान निरन्तर जारी राख्न शुभकामना दिँदै आवश्यक सहयोग र समर्थन रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रतिक्रिया