काठमाडौं– कैलालीको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा सोमबार एक युवतीको शव भेटिएको छ।
बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी हुन्। उनी कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी रहेको प्रहरीले जनाएको छ। मृतक चौधरी त्यहाँ कोठा भाडामा बस्दै आएकी थिइन्।
कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएको छ। घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको हत्या भएको आशंका समेत गरिएको छ।
प्रतिक्रिया