काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको छ।
प्रतिनिधि सभाको बैठक सुरू भएपछि सभामुख देवराज घिमिरेले रास्वपा नेता शिव नेपालीलाई बोल्न दिएका थिए।
सांसद नेपालीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग गरे साथै उनले आफूहरूको आन्दोलन जारी रहेकाले बैठक बहिष्कार गर्ने बताए।
त्यसपछि रास्वपा सांसदहरूले बैठक छाडेर गएका थिए। यसका अलावा राप्रपा सांसदहरूले भने बैठकमा कुनै धारणा नै नराखी बहिष्कार गरेका छन्।
प्रतिक्रिया