टोखामा बाढीले बगाएको कारबाट महिला सकुशल उद्धार

विहीबार, १२ असार २०८२

काठमाडौँ : काठमाडौँको टोखा क्षेत्रमा विष्णुमती खोलामा आएको बाढीले कार बगाउँदा कारभित्र रहेकी एक महिला सकुशल उद्धार भएकी छिन्।

दाङ तुलसीपुर घर भई हाल टोखा बसोबास गर्दै आएकी ३४ वर्षीया भावना ओलीलाई गएराति ग्राण्डी हस्पिटल नजिकबाट खोलाले बगाएको थियो।

उनी सवार बा.प्र.०१-०३१ च ६१४१ नम्बरको कार बाढीले बगाएपछि नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा बानियाटार पुल नजिकबाट उद्धार गरिएको हो।

उद्धारपछि भावनालाई ग्रीन सिटी अस्पतालमा उपचारका लागि पठाइएको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

कार खोला किनारको सडकबाट चिप्लिएर खोलामा खसेको थियो। चालक भने तुरुन्तै गाडीबाट हाम फालेर बच्न सफल भएका थिए। राति नै क्रेनको सहायताले कार पनि खोलाबाट निकालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार