काठमाडौँ : केन्द्रीय अफ्रिकी गणराज्यको राजधानी बाङ्गुईमा ट्रान्सफर्मर विस्फोटपछि भएको भागदौडमा परी २९ बालबालिकाको मृत्यु भएको छ ।
बाङ्गुई सामुदायिक अस्पतालले राजधानीको एक विद्यालयमा विद्युत् ट्रान्सफर्मर विस्फोट भएपछि ठुलो सङ्ख्यामा विद्यार्थीहरूमा डर र आतङ्क फैलिएको जनाएको छ ।
स्थानीय रेडियोहरूले समेत विस्फोटको आवाज र धुवाँ देखेपछि स्नातक तहको परीक्षा दिइरहेका करिब ६ हजार विद्यार्थी आतङ्कित बनेका थिए।
यसकै कारण भएको भगदौडमा २९ बालबालिकाको ज्यान गएको र २८० भन्दा बढी घाइते भएको जनाइएको छ ।
राष्ट्रपति फॉस्टिन(अर्चेन्ज कौडोले राष्ट्रिय शोकको घोषणा गर्दै घाइते सबै बालबालिकाको उपचार निःशुल्क गरिने बताएका छन् ।
उक्त घटना लिसी बार्थेलेमी बोगांडा स्कुलमा भएको हो, जहाँ राजधानीका पाँच विभिन्न विद्यालयका विद्यार्थीहरू स्नातक परीक्षा दिन जम्मा भएका थिए ।
प्रतिक्रिया