आगलागीमा गम्भीर घाइते कमलाको उपचारका लागि बिहानी फुटबल क्लबद्वारा आर्थिक सहयोग

शुक्रबार, १३ असार २०८२

भोजपुर : खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा गम्भीर घाइते भएकी भोजपुर नगरपालिका–९ की कमला बस्नेत श्रेष्ठको उपचारका लागि बिहानी फुटबल क्लब,भोजपुरले आर्थिक सहयोग गरेको छ।

क्लबले विभिन्न स्रोतमार्फत सङ्कलन गरेको १ लाख २० हजार ८३ रुपैयाँ रकम बिरामीको उपचारका लागि हस्तान्तरण गरिएको हो।

क्लबका अध्यक्ष विकल श्रेष्ठका अनुसार क्लबका सदस्यहरू र शुभेच्छुकहरूबाट सङ्कलन गरिएको रकम हाल बिराटनगरस्थित बिराट मेडिकल टिचिङ अस्पतालमा उपचारत श्रेष्ठको उपचारमा सहयोग पुग्ने उद्देश्यले प्रदान गरिएको हो।

अध्यक्ष श्रेष्ठले क्लब सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको बताउँदै अन्य सङ्घसंस्थालाई पनि सहयोगमा जुट्न आह्वान गरेका छन्।

जेठ २८ गते बेलुका धरानमा खाना पकाउने ग्यास लिक भई भएको आगलागीमा श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्।

आगलागीबाट उनको शरीरको करिब ७० प्रतिशत भाग जलेको बताइएको छ। हाल उनी सघन उपचार कक्ष (ICU) मा राखेर उपचार भइरहेको छ। परिवारले उपचार खर्च अत्यधिक महँगो भएको भन्दै सबैसँग सहयोगको अपिलसमेत गरेको छ।

हाल जिल्ला तथा बाहिरी क्षेत्रका विभिन्न सङ्घसंस्थाहरूले पनि श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग अभियान चलाइरहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार