परराष्ट्रमन्त्री आरजु राणा रोम जाँदै

शुक्रबार, १३ असार २०८२

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवा शुक्रवार इटलीको राजधानी रोम जाँदै छिन् ।

खाद्य तथा कृषि सङ्गठन एफएओको ४४ औँ सम्मेलनमा भाग लिन मन्त्री राणा आज रोम जान लागेकी हुन् ।

परराष्ट्र मन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अस्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी र परराष्ट्र मन्त्रालयकै केही कर्मचारीहरू सहभागी हुने छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन शनिवार देखी बिहीबारसम्म हुनेछ । राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार